केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको फिल्म 'माग्ने राजा' को छायांकन सकिएको छ।
फिल्मको छायांकन ४३ दिनमा सकिएको यसका निर्देशक ऋषि लामिछानेले जानकारी दिए।
मुनाल घिमिरेको निर्माण रहेको यो फिल्ममा केदारसहित, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई (तक्मे बुढा), शिशिर वाङ्देल लगायत कलाकारहरूको मुख्य भूमिका छ।
एक समय कलाकारिताका जोडी माग्ने बुढा र तक्मे बुढालाई दर्शकले वर्षौपछि यसै फिल्ममार्फत फेरि पर्दामा हेर्न पाउनेछन्।
फिल्मको लेखक सामिप्यराज तिमिल्सेना हुन्। एउटा गरिबको धनी बन्ने महत्वाकांक्षाको कथा फिल्मले प्रस्तुत गर्नेछ। फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन्।
'माग्ने राजा' तिजको अवसरमा प्रदर्शनमा आउने घोषणा भइसकेको छ।