अभिनेता पल शाह फिल्म निर्माता बन्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर उनले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ।
पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम 'यानीमाया' राखिएको छ। फिल्मलाई विकास सुवेदीले निर्देशन गर्नेछन्। उनले यसअघि फिल्म 'प्रकाश, पुजार सार्की र महाभोज' को कथा लेखेका छन्। विकासले पलको यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
पारिवारिक कथामा आधारित रहेर बन्ने फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन्।
'यानीमाया' को छायांकन असारबाट सुरू गर्ने तयारी छ। फिल्मका लागि कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए।