शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आएका छन्।
कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिएको हो।
यी दुवै फिल्ममा दर्शकले रूचाएका कलाकारहरू छन्। 'पिताम्बर' मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्टलगायत कलाकारको अभिनय छ।
'कर्मा' मा विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी लगायतको अभिनय छ।
'पिताम्बर' र 'कर्मा' दुवै स्टार कलाकार भएको र एक्सन जनरामा बनेका फिल्म हुन्। सोहीकारण पनि फिल्मले कस्तो व्यापार गर्छ धेरैका लागि प्रतिक्षाको विषय छ।