अभिनेता जितु नेपालले फिल्म 'कार्की साइँला' साइन गरेका छन्।
कर्णबहादुर फिल्मस् प्रा.लिद्वारा निर्माण हुन लागेको फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन्।
फिल्ममा ग्रामीण भेगका भुइँमान्छेको कथा प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए। उनका अनुसार एक भरिया पात्रको वरपर कथा आधारित हुनेछ।
फिल्मको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्। बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्ममा डम्बरबहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा र संवाद, जीवननाथ गौतमको गीत समावेश हुनेछ।
निर्माणपक्षका अनुसार फिल्मका लागि अन्य कलाकारको छनोट प्रक्रिया अगाडि बढाइएको छ।
फिल्मको छायांकन धनकुटामा हुनेछ।