शुक्रबारबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म 'पिताम्बर' को ट्रेलरलाई दर्शकहरूले रूचाएका छन्। ट्रेलरले युट्युबमा राम्रो भ्युज पाएको छ भने प्राप्त प्रतिक्रियाहरू पनि सकारात्मक छन्।
कृषा चौलागाईं निर्देशित फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ। ट्रेलर युट्युबको फिल्म खण्डतर्फ पहिलो नम्बरमा उक्लिएको छ।
ट्रेलरलाई हालसम्म २० लाख बढी भ्युज मिलेको छ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतको अभिनय छ।
केपी फिल्मस् र पुरूषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्मको निर्माता विशाल चौलागाईं हुन्।
पुरूषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व फिल्ममा छ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको 'पिताम्बर' आरआर फिल्मस्ले वितरण गर्दैछ।