नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मीन बहादुर भामद्वारा निर्देशित फिल्म 'शाम्बाला' ले उत्कृष्ट अवार्ड जितेको छ। यो फिल्मले गौतम बुद्ध अवार्ड जितेको हो।
त्यस्तै फिल्म 'आँखा' ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ। उत्कृष्ट निर्देशकतर्फ 'पुजार सार्की' बाट निर्देशक दिनेश राउतले अवार्ड जितेका छन्।
त्यस्तै, उत्कृष्ट महिला कलाकार अवार्ड यही फिल्मबाट अभिनेत्री अञ्जना बराईलीले प्राप्त गरिन् भने उत्कृष्ट पुरूष पात्र अवार्ड 'आँखा' बाट आरके मेहताले हात पारे।
राष्ट्रिय फिचर फिल्ममा छायांकनतर्फको अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन्। उत्कृष्ट राष्ट्रिय फिल्म लेखन अवार्ड जौन योञ्जनले पाएका छन्। उनी 'आँखा' का निर्देशक हुन्।
त्यसैगरी, भारतीय फिल्म रूक्मिणीले डङ्की आट्य अवार्ड, मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ।

उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड निशान खत्रीको फिल्म 'अ बिटनेस' ले पाएको छ भने, 'माउन्ट एभरेस्ट अवार्ड' बेल्जियमको 'मेल्टिङ स्नु' ले पायो। यस वर्ष 'बागमती अवार्ड' स्पेनको फिल्म 'लुसिया जि रोमेरो' ले पाएको छ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म 'सतीदेवी' ले उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ।
त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको 'देवि', अडियन्स च्वाइस अवार्ड डकुमेन्ट्रीतर्फ फिल्म 'गल्स रि राइटिङ डेस्टिनि', उत्कृष्ट सर्ट फिल्म अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको फिल्म 'द विटनेस ट्रि' ले पाएको छ।
चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा भएको निफमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए।