सांगीतिक जोडी कमल खत्री र मेलिना मैनाली बुवाआमा बनेका छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्। आइतबार गायिका मेलिनाले छोरालाई जन्म दिएकी छन्।
गायक कमल खत्री लेख्छन्, 'आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ। पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ! यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो। साथै, मेरो परिवार, आफन्तजन र साथीभाइलाई पनि मनदेखि नै आभार व्यक्त गर्न चाहन्छु जसले माया, आशीर्वाद, र हौसला दिनु भयो। तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ। भगवानको कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु।'
कमल र मेलिनाले २ वर्षअघि विवाह गरेका थिए।