सौरव चौधरी निर्देशित फिल्म 'कर्मा' को गीत सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'सारी लगाइदेऊ' बोलको गीत सार्वजनिक गरिएको हो। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा अभिनेत्री उपासना सिंह ठकुरी र विपीन कार्कीलाई देख्न सकिन्छ।
सलिना विकको स्वर रहेको सुष्मा सिग्देलको शब्द र भाष्कर स्वारको संगीत छ। भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडिओ मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन्।
फिल्ममा विपीन र उपासनासँगै मुकुन भुषाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायत कलाकारको अभिनय रहेको छ।
एक्सन जनरामा निर्माण भएको 'कर्मा' ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।
यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफए, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने 'कर्मा' मा बसन्त लम्सालको लगानी रहेको छ। आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो फिल्म हो।
यो फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।