हरिवंश आचार्य अभिनीत फिल्म 'भूठान' मा समावेश 'कागजको खोस्टो' बोलको गीत सार्वजनिक गरिएको छ।
पुष्पन प्रधानको स्वर रहेको गीतमा नवराज पराजलीको शब्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन छ।
यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ। गीत नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
अंग्रेजीमा 'द वल्र्डस् ह्याप्पिएस्ट म्यान' नाम रहेको यो फिल्ममा मुख्य भूमिकामा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय छ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्। हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्।
'बुलबुल' फिल्मबाट नाम कमाएका विनोद पौडेलको लेखन तथा निर्देशनमा 'भूठान' बनेको हो। यसको निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, विनोद पौडेल र किर्तना बाँस्कोटा छन्।
कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ छन्।
'भूठान' आउँदो वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।