ऋषिराज आचार्य निर्देशित फिल्म 'द्रौपदी' को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार हाइलाइटइस् नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी, ऋषिराज आचार्यलगायत कलाकारको अभिनय छ।
मोहन कुमार 'जिल्लु' ले छायांकन गरेको फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन्।
फिल्ममा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ। फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सहनिर्माता हुन्।
आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन्।
यो फिल्म चैत ८ गतेदेखि प्रदर्शन हुनेछ।