हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्म 'जनै हराएको बाहुन' मा अभिनेत्री केकी अधिकारी र मिरूना मगर अनुबन्धित भएका छन्।
यसअघि फिल्ममा अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई अनुबन्ध भइसकेका छन्। फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन।
फिल्मको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ। 'जनै हराएको बाहुन' ले आमा र छोराबीचको इमोशनल कथा भन्नेछ। यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ।
आदित्य फिल्म्स निर्माता रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन्।
यो वर्षको अन्त्यसम्ममा फिल्म छायांकनमा जानेछ। यो फिल्म आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ।