रियालिटी शो 'कमेडी किड्स' को डिजिटल अडिसन खुला गरिएको छ।
बुधबार महाशिवरात्रिको दिनबाट डिजिटल अडिसन खुला गरिएको आयोजक रघुजी फिल्म्सले जनाएको छ।
यसमा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ।
भिडिओ मोबाइलबाट खिचेर पठाउन सकिनेछ।
सहभागीले एक्लै अथवा समूहमा भिडिओ बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए।
भिडिओ पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ।
भिडिओ जिमेल comedykids.npl@gmail.com र नम्बर 9702091421 मा पठाउन सकिने जनाइएको छ।
बालबालिकाहरुलाई लक्षित गरेर ल्याउन लागिएको शोमा ४ देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भइसकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजकको भनाइ छ।
शोको डिजिटल पार्टनर ओएसआर डिजिटल छ भने कुनै एक टेलिभिजनबाट प्रसारण हुनेछ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ।