अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ।
उनका बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका उनी ७८ वर्षका थिए।
बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि 'मेरो डान्स युनिभर्स' को अडिसनको सिलसिलामा अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौं आइपुगेका थिए।
दिलीपका बुबाको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति पुगेका थिए।
