गायक बद्री पंगेनीले आफ्नो संघर्षका दिनको एक रोचक संस्मरण सुनाएका छन्।
उनले कुनै बेला आफू राजु परियारसँग एउटै कोठामा बस्ने गरेको र भुइँमा फोम ओछ्याएर सुत्ने गरेको घटना सुनाए।
सेतोपाटीको भिडिओ शृंखला 'कन्भरसेसन' मा पंगेनीले आफ्नो संघर्षका दिन सम्झिँदै भने, 'राजु र म एउटै कोठामा बस्थ्यौं। हामी भुइँमा फोम मात्र ओछ्याएर सुत्थ्यौं। जाडो लागेपछि चाहिँ गाह्रो हुन थाल्यो। त्यसपछि मैले एउटा खाट किनेँ, अनि राजुले पनि खाट किन्यो।'
त्यति बेला आफूहरू शर्मिला गुरूङ, लक्ष्मी पुन र श्याम गन्धर्वसँग एउटै फ्ल्याटमा बस्ने गरेको उनले बताए।
'हामी सबै एउटै फ्ल्याटमा बस्थ्यौं, राजु र मेरो चाहिँ कोठा पनि एउटै थियो,' उनले रचना रिमालसँगको कुराकानीमा भने, 'शर्मिला गुरूङ दिदीले पकाउनुहुन्थ्यो, हामी खान्थ्यौं। दस-दस रूपैयाँ उठाएर मासु ल्याउँथ्यौं। त्यो मासु कति मिठो हुन्थ्यो कति!'
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्: