गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो फिल्म 'वसन्त' मा समावेश कविता सार्वजनिक गरेका छन्।
भ्यालेन्टाइनको शुभकामनासहित उनले 'मिलनको कविता' दर्शकमाझ ल्याएका हुन्।
यसको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ। अन्य कलाकारहरू पनि भिडिओमा छन्।
फिल्म निर्माण टिमले यो यसलाई भ्यालेनटाइन डे विशेष कविता भनेको छ।
'वसन्त' को यसअघि सार्वजनिक गीत 'साँझ पर्यो झमक्क' ले दर्शकमाझ राम्रो हाइप बनाएपछि टिमले यो कविता ल्याएको हो।
यसले पनि फिल्मप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमलाई छ।
प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म 'वसन्त' आगामी चैत्र २२ गते चैते दसैंको अवसर पारेर रिलिज हुँदैछ।
फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेर सामाजिक कथामा फिल्म बनेको हो।
फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। फिल्म सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनिले फिल्म वितरण गर्नेछन्।