'वर्ल्ड अफ डान्स नेपाल' ग्राण्ड फिनाले भएको छ।
बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा भएको ग्राण्ड फिनाले भएको हो।
नेपालभरका ३३ समूहले फाइनल चरणका लागि स्थान बनाएका थिए।
नृत्यकार जेडी तमू, ऐवरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल चयम्पियनशिपको जुरीका रूपमा थिए।
नेपाली नृत्यकारहरूलाई विश्वसामु परिचित गराउने र नेपाली कला संस्कृतिको उजागर गर्न 'वर्ल्ड अफ डान्स नेपाल' शो गरिएको शोका नेसनल डाइरेक्टर रोशन गहतराजको भनाइ छ।
लामो समयदेखि सुस्ताएको अवस्थामा रहेको नेपाली नृत्यजगतका लागि 'वर्ल्ड अफ डान्स नेपाल' एउटा ऐतिहासिक नयाँ सुरूवात भएको शोका निर्णायक जेडी तमूले बताए।
अपर टिम डिभिजनतर्फ विजेता बुटवलका द ब्रेभ गोरखा, रनरअफ काठमाडौंका ग्रुभ ओभरडोज र सेकेण्ड रनरअफ ललितपुरका वाई स्ट्यांड क्रू, जुनियर टिम डिभिजनतर्फ विजेता काठमाडौंका नेपा डांस एकाडेमी, रनर अफ मोरङका ह्याण्ड टु ह्याण्ड क्रु, सेकेण्ड रनर अफ ललितपुरका क्रिएटर क्रु, अपर डिभिजनतर्फ विजेता कैलालीका बब्लू एण्ड रोहित, रनर अफ काठमाडौंका स्वस्तिक अर्याल र सेकेन्ड रनरअफ झपाका एसएनएस क्विन्स भएका थिए।
यी सबै विजेताले आगामी जुलाईमा अमेरिकामा हुने वर्ल्ड फाइनलमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनेछन्। कार्यक्रमका प्रमुख अतिथि, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता दंगोलले विजयी टिमलाई ट्रफी, चेक तथा मेडल प्रदान गरेकी थिइन्।
मण्डला इन्टरटेनमेन्टको आयोजना भएको कार्यक्रममा भारतका चर्चित डांस रियालिटी शो, डांस इंडिया डांस लिटलमास्टर, झलक दिखलाजाका विजेता तेरिया मगर, भोइस अफ नेपालका सञ्चालक सुशील नेपाललगायत थुप्रै चर्चित अनुहार उपस्थित थिए।
तस्बिरहरू:





