शुक्रबारदेखि हलमा तीन नेपाली र एक बलिउड फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'सारंग', 'जुना' र 'ममी'सहित बलिउड फिल्म 'बडास रवि कुमार' प्रदर्शन भएका हुन्।
समर निरौला निर्देशित फिल्म 'ममी' मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, आयुषी ढकाल लगायतको अभिनय छ। घरपालुवा कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा सो घरमा हुने रहस्यपूर्ण घटनाको कथावस्तुमा फिल्म बनेको छ।
यो फिल्मलाई थ्रिलर र हरर जनरामा राखिएको छ।
जीवन सेन्चुरी निर्देशित फिल्म 'जुना' मा अस्मिता ढकाल, कृष्णप्रसाद ढकाल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र विक, केशव अधिकारीको अभिनय छ। यो फिल्म बालविवाह र महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ।
प्रशान्त तामाङ निर्देशित फिल्म 'सारंग' मा ऋचा शर्मा, उत्पल झा, आदित्य कार्की, सम्राट थापाको अभिनय छ । अभिभावक अलग हुँदा यसले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई फिल्ममा देखाइएको छ।
किथ गोम्स निर्देशित फिल्म 'बडास रविकुमार' मा सन्नी लियोनी, कीर्ति कुलहरी, हिमेश रेशमियालगायत कलाकारको अभिनय छ।