फिल्म 'एक्टरः टेक वन' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।
फिल्म 'एक्टर' का निर्माताले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएसँगै 'एक्टरः टेक वन’ रिलिज भएको हो।
जिल्ला अदालतले नेपाल चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतबाट शुक्रबार मुद्दा फिर्ताको आदेश भएको जनाएको छ।
नामको विषयलाई लिएर दुई फिल्मबीच विवाद हुँदा 'एक्टरः टेक वन' पूर्वनिर्धारित मितिमा रिलिज हुन सकेको थिएन्।
यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतको अभिनय छ।
राजन भुसाल निर्देशित फिल्मको निर्माता थम्मन के. भण्डारी हुन्।