फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
फिल्म 'फिरफिरे फिरिरी' र 'एक्टर' शुक्रबार रिलिज भएका हुन्।
हरर कमेडी जनराको 'फिरफिरे फिरिरी' लाई नवीन भट्टले गरेका हुन्। फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, शंकर सेढाई, सूर्यमान लिम्बू लगायत कलाकारहरूको अभिनय छ। फिल्मको स्क्रिप्ट निर्देशक भट्ट र सन्दीप श्रेष्ठले मिलेर लेखेका हुन्। फिल्मको निर्माता मनोजकुमार अधिकारी हुन्।
त्यस्तै, फिल्म 'एक्टर' लाई मदन घिमिरेले निर्देशन गरेका हुन्।
यसमा प्रिन्स थापा, सरोज खनाल, कृष्ण मल्ल, शिवानी गिरी, कशिस दाहाल, शिव शाह, महेन्द्र मैनाली लगायतको अभिनय छ। फिल्मको कथा र संगीत सम्राट थापाको हो। यी दुवै फिल्मले हलमा शो भने न्युन मात्रै पाएका छन्।
दोस्रो सातामा 'कार्साङ'
दयाहाङ राई स्टारर फिल्म 'कार्साङ' शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। वितरकका अनुसार फिल्मले ६ दिनमा १ करोड ४५ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।
यो दयाहाङको ६ महिनापछि रिलिज फिल्म हो। यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारहरूको अभिनय छ।
यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको निर्माता छायानंकारसमेत रहेका पुरूषोत्तम प्रधान हुन्।
सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्।