एक समय थुप्रै सुपरहिट र यादयार नेपाली फिल्म दिएका निर्देशक तुलसी घिमिरे ७ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्।
मंगलबारमात्रै उनले निर्देशन गर्ने फिल्म 'पहाड' को औपचारिक घोषणा गरिएको छ।
मोसन भिडिओ सार्वजनिक गर्दै फिल्मको आधिकारिक शीर्षक सार्वजनिक गरिएको हो।
बढ्दो बसाइँसराइले दिनदिनै रित्तिँदै गएको पहाडी भूगोलको कथामा यो फिल्म निर्माण हुन लागेको हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन्। तुलसी घिमिरेले यो फिल्मबाट आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई नेपाली रजतपटमा डेब्यु गराउने तयारी छ।
भाग्यरत्न फिल्मको प्रस्तुति रहने पहाडको कथा निर्देशक घिमिरे स्वयंको हुनेछ।
ओजश्वी केसी निर्माता रहेको फिल्मको सह–निर्मातामा रिम्पोछे लामा थेङ र सुरेश लामा थेङ छन्। क्रियटिम निर्देशकका रूपमा भारती घिमिरेले काम गर्दैछिन् भने संगीत निर्देशकका रूपमा रञ्जित गजमेर छन्।
प्रमोद प्रधानको डिओपी रहने फिल्मको छायांकन गोरखा जिल्लामा गर्ने तयारी छ।