माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'ममी' को गीत सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच 'म त यसै नक्कली' बोलको गीत सार्वजनिक गरिएको हो। यसको भिडिओमा फिल्मका शीर्ष कलाकार दीया मास्के र प्रियंका कार्की फिचर्ड छन्।
गीतमा स्वर समीक्षा अधिकारी र विज्ञानी पराजुलीको छ। शब्द हर्क साउदले लेखेका हुन् भने एसडी योगीको संगीत र रिकेश गुरूङको एरेन्ज छ। भिडिओका कोरियोग्राफर विक्रम स्वाँर हुन्।
हरर फ्यामिली ड्रामा 'ममी' समर निरौला निर्देशित फिल्म हो। यसको लेखनमा निरौला र पूर्णिमा जोशीले सहकार्य गरेका छन्।
फिल्ममा प्रियंका र दीयासहित सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जविस श्रेष्ठ, घनश्याम जोशी, गीत विष्ट, गुराँस ढकाल, हरिकुमार भण्डारी, महेन्द्र मैनाली, प्रकाश बन, शिवांश सिलवाल लगायतको अभिनय छ।
निर्मातामा लोकराज जोशी र पूर्णिमा जोशी छन्। कार्यकारी निर्मातामा सुमन कोइराला छन्। निशाल पौडेल र शरद महतोको छायांकन रहेको फिल्मलाई सम्पादन सुरेन महर्जनले गरेका हुन्।
भिडिओः