जस्ट फ्युचर्स पहलले राष्ट्रिय स्तरमा दामल फेलोसिप-२०२५ सञ्चालन गर्ने भएको छ।
२०२५ जनावरीदेखि सेक्टेम्बरसम्म हुने फेलोसिपबाट जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जनाहरू गर्ने उद्देश्य राखिएको छ। यो फेलोसिप दलित महिलाहरूका माया, खुसी, भोगाइ, क्षमता एवं आकांक्षालाई केन्द्रमा राखेर नौ महिनासम्म सघन रूपले सञ्चालन गरिनेछ।
मधेस प्रदेशमा चलाइएको जस्ट फ्युचर्स फेलोसिप र राष्ट्रिय स्तरमा सञ्चालन गरिएको जेएफपी फ्याकल्टी सेमिनारका सहभागीहरुबीच जेएफपीले गरेको आह्वान अनुसार आवेदन दिएका १२ जनामध्ये ६ जना प्रतिभाशाली दलित महिलाहरुलाई यो फेलोसिप प्रदान गरिएको छ। यसमा अन्जना बिशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठा रहेका छन्।
यस फेलोसिपमा जेएफपीले जीवनका विभिन्न आयाम भोगेका गतिशील दलित महिलासँग जोडिएर सिक्ने-सिकाउने पहलमा जेएफपीका टिम पनि शिक्षार्थी र फ्याकल्टीका रूपमा पनि सहभागी हुनेछ।
यस फेलोसिपमा शैलजा पाइक, सरिता परियार, लुशिंदा र्याम्बर्ग, उमा चक्रवर्ती, त्रिरत्न मानन्धर र आना स्टर लगायतका अन्य चिन्तक र बौद्धिकहरूको विशेष सहभागिता रहनेछ।