अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ। यो अनमोलको एक दशक लामो फिल्मी करियरमा १० करोड कमाउने पहिलो फिल्म बनेको हो।
यसै अवसरमा शुक्रबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खुसीयाली साटेको छ।
कार्यक्रममा अनमोल केसी, जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, निर्देशक सुयोग गुरूङ, निर्माता सरोज न्यौपाने लगायतले केक काटेर यो सफलताको खुसी मनाए।
निर्माता न्यौपानेले फिल्म १० करोड क्लबमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै दर्शकलाई माया र साथका लागि धन्यवाद दिए
कलाकारहरूले पनि माया र साथका लागि दर्शकप्रति धन्यवाद व्यक्त गरे। 
शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको 'जेरी अन टप' ले वर्षाका बाबजुद पनि बक्स अफिसमा राम्रो प्रदर्शनलाई निरन्तरता दिएको छ। चलचित्र विकास बोर्डले फिल्मको पछिल्लो आधिकारिक बक्स अफिस रिपोर्ट भने आइतबार सार्वजनिक गर्ने तयारी छ। 
सेलिब्रेसन कार्यक्रम सकिएलगत्तै अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङसहित निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङ जापान प्रस्थान गरेका छन्। 
एड्भेन्चर-लभस्टोरी जनराको यस फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
