सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा सुरू भएको छ।
मैदानमा क्रिकेट खेल हेर्नका लागि खेल प्रेमीहरूको भीड छ। कलाकारहरू पनि खेल हेर्न त्रिवि मैदान पुगेका छन्।
निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सन्दीप क्षेत्री, गायिका रचना रिमाल लगायतले सामाजिक सञ्जालमा तस्बिर राखेका छन्। यीमध्ये स्वस्तिमा, सन्दीप र रचना लिगमा सहभागी टीममा पनि जोडिएका छन्।
स्वस्तिमा कर्णाली याक्सको ब्रान्ड एम्बास्डर छिन्। सन्दीप पोखरा एभेन्जर्सको ब्रान्ड एम्बास्डर र रचना विराटनगर किंग्सको फेस अफ किंग्स हुन्।
एनपिएलमा ८ फ्रेन्चाइज टीमले प्रतिस्पर्धा गर्दैछन्।
थुप्रै कलाकारहरूले एनपिएलको सफलताको शुभकामना दिएका छन्।


