भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म 'आचार्य' संसारभरका दर्शकले निःशुल्क हेर्न पाउने भएका छन्।
फिल्म ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।
प्रशान्त रसाइलीको निर्देशन रहेको फिल्ममा लोकप्रिय गायक सत्यराज आचार्यले आफ्ना बुवा भजन शिरोमणिको भूमिका निर्वाह गरेका छन्।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म 'आचार्य' भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्धेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो।
२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको थियो।
फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ। गायक सत्यराज आचार्यसँगै सुनील पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन्।
भक्तराज आचार्यको गतवर्ष ८२ वर्षको उमेरमा निधन भएको थियो।