गायिका शान्ता अधिकारी सुवेदीले नयाँ भजन संग्रह ‘पाथिभरा माता’ बजारमा ल्याएकी छन्।
पूर्वी नेपालको पवित्र तिर्थस्थल पाथिभरा माताको भजन संग्रहमा प्रकृति र धर्म संस्कृति तथा पर्यटकीय अवस्थाको बारेमा वर्णय गरिएको छ।
स्वर, रचना र संगीत स्वयं शान्ताकै रहेको छ। शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको गीत म्यूजिक नेपालको स्टुडिओमा रेकर्ड भएको हो। रेकर्डिङ र मिक्सिङ प्रकाश खरेलको रहेको छ।
नवराज सुवेदीको निर्माणमा बनेको भिडिओको छायाङ्कन मुकेश हुमागाईँको हो। भिडिओलाई विनोद दासले सम्पादन र निर्देशन गरेका हुन्।
यो भजन संग्रहमा आफूले पाथिभराको महिमा र बाटोको वर्णन, सांस्कृतिक र प्राकृतिक महत्वबारे प्रकाश पारेको गायिका शान्ताले जानकारी लिइन्।
यसअघि गायिका शान्ताले परोपकार पवित्र कर्म हो, सिद्धकाली, गणेश भजन संग्रहलगायतकाक संग्रहहरू बजारमा ल्याएकी छन्।
हेर्नुहोस् भिडिओ