सरकारले देशमा निरन्तर परिरहेको वर्षाका कारण नदीहरूमा जलसतह बढ्दै गएकाले सत्रक रहन अनुरोध गरेको छ। सरकारले प्रदेश १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसहरूलाई सतर्क रहन भनेको हो।
सरकारले नेपाल बाढी सुचनाबाट ट्वीट गर्दै यस्तो बताएको हो।
थप वर्षा हुने र बाढी पूर्वासनुमान गर्ने कम्युटर मोडलले समेत उच्च जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटिय क्षेत्रका बासिन्दालाई भोलिसम्म उच्च सतर्कतामा बस्नुपर्ने जनाएको छ।