बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्।
बुधबार राति करिब सवा ९ बजेतिर भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
घटनामा भारतको बिहार सीतामणीका ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। उनी क्रेन चालक हुन्। बैठाको एलएस न्युरो अस्पताल परबानिपुरमा उपचार भइरहेको डिएसपी पण्डितले बताए।
यो भट्टीमा जगदम्बा स्टिल्सले फलाम पकाउने काम गर्थ्यो।
'तापक्रम अत्यधिक बढेर विस्फोट भएको आशंका गरिएको छ। अहिले आगो नियन्त्रणमा छ,' डिएसपी पण्डितले भने, 'रातको समयमा धेरै कामदार नहुने भएकाले ठूलो मानवीय क्षति हुन पाएन। अन्य क्षतिको विवरण आउन बाँकी छ।'