घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २० मा खुलाएको आइपिओको अन्तिम दिनसम्ममा मागेको भन्दा ३७ गुणा बढी आवेदन परेका छन्।
संस्थाले मंगलबार सम्मको समय दिएर १ लाख ३२ हजार ६ सय कित्ता आइपिओ जारी गरेको थियो । कम्पनीका अनुसार अन्तिम समयसम्म ४९ लाख ५६ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको छ । शेयरको लागि २ लाख ८९ हजार १ सय ४७ आवेदन परेको छ । यो जम्मा माग भन्दा ३७.४० प्रतिशतले बढी हो ।
कम्पनीले जारी पुँजीको ४८ प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो। खुल्ला गरेकामध्ये एक लाख २४ हजार ५ सय ९० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले बताएको थियो।
बाँकी एक हजार ३ सय ८० कित्ता कर्मचारीलाई तथा ६ हजार ६ सय ३० कित्ता सामूहिक लगानी कोषहका लागि छुट्याएको थियो । घोडीघोडाको अधिकृत पुँजी १० करोड, जारी पुँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पुँजी एक करोड १० लाख ५० हजार छ ।