विजय कुमारले केही वर्षअघि लिएको अन्तर्वार्तामा दिलशोभाले उनले माया गरेर, रोजेर बिहे गरेको पतिले एक छोरी जन्मेर हुर्किसकेपछि तिनको विहे गर्नलार्इ राखेको पैसा कुम्ल्याएर अर्को स्वास्नी विहे गरी हिंड्दा कस्तो भयो होला भनेर समस्त दर्शकसामु रूँदै प्रश्न गरेकी थिइन्।
त्यो प्रश्नले स्वयम् विजय कुमारको अनुहार त दुःखी भएको थियो नै हामी दर्शक पनि सजल नयनका साथ दुःखी नभएका कमै थिएउँ होला । म उनको वाणी यतिसम्म सम्झिरहेको छु कि उनले त्यस्तो निष्ठुर पतिलार्इ पनि भगवानले राम्रै गरोस् कहिल्यै नराम्रो नहोस् भन्ने पुकारा गरेकी थिइन् । मलार्इ तिनका तिनै शब्द काफी थिए उनी साँच्चै दिल भएकी मान्छे हुन् भन्ने कुरा बुझ्न।
अमेरिकाको एउटा सम्मान कार्यक्रममा उनले अर्को प्रसंग कोट्याएकी थिइन् । केही संघसंस्थाका व्यक्तिहरू र व्यक्तिगत रूपमा पनि केहीले उनसंग रहेका बच्चालार्इ स्ट्याब्लिस गराइदिन्छउँ भनेका रहेछन् तर उनले त्यो शब्दबारे थाहा नभएकाले बच्चाहरूको मुखमा स्ट्यापल (स्टिच) मार्न खोजेको होला भनेर ती व्यक्तिहरूको आग्रहलार्इ लत्याएको कुरा गरेकी थिइन् । यसबाट मैले बुझें, उनी निरक्षर हुन् तर जिम्मेवार सामाजिक कार्यकर्ता ।
मैले उनको छोरीको अन्तर्वार्ता पनि हेरेको थिएँ, उनी भन्थिन्ः बुबाले त्यसरी हिंडेपछि ममी र म मिलेर धेरै पटक मर्न खोजेउँ, विष खाएर तर सकिएन । यो कुरा दिलशोभाले पनि भनेकि थिइन् । अकस्मात कताबाट साहस आयो, हामीले बाँच्ने निर्णय गरेउँ र अरूका लागि बाँच्ने निर्णय गरि हेपिएका र परित्यक्त बुढाबुढीलार्इ स्याहार्न थालेउँ ।
आज तिनै दिलशोभामाथि अनेक आरोप लागिरहँदा मलार्इ विश्वास भइरहेको छैन।
यसकारण कि अर्धबैंसमा लोग्नेले छाडेपछि त्यस्तै कुनै फुँडो पुरूष भेटेर रासलिला गरेर विताएको भएपनि उनलार्इ केही फरक पर्दैनथ्यो किनकि यसै त उनी एक्लिएकि फेरि अब इज्जतमा केही खति होलाकि भन्ने डर नै हुन्थेन । उनी वेश्यावृत्तितिर मन भएकी मान्छे हुँदिहुन् त काठमाण्डु या कुनै विदेशका गल्लीहरूमा ग्राहक खोजेर हिंड्थिन् होला, उनकी छोरीलार्इ पनि त्यस्तै लाइनमा लाउँथिन् होला, यसरी कसका बाबु कसका आमालार्इ आफ्नो व्यक्तिगत खर्चमा रातदिन गुमुत सोरेर बस्ने त्यो धैर्यता, साहस र साधना कताबाट आउँथ्यो होला ? यस्ता तपसीलार्इ अउँला ठड्याउनुभन्दा अघि समाजले धेरै कुरा विचार गर्नुपर्ने हो ।
उनी चर्चामा आउनका लागि अहिलेको समाजसेवामा लागेकी पनि हैनन् । मिडियासामु राम्ररी नेपाली बोल्नसम्म नजान्ने यी महिलालार्इ म ठूलो मान्छे बन्छु, नाम कमाउँछु, अन्तर्राष्ट्रिय सम्मान कमाउँछु भन्ने लालसा पटक्कै थिएन । त्यो पनि उनलार्इ उनको इच्छाबिना अरूले नै गरिदिएका हुन् । अन्तर्वार्तामा उनले मिडिया भन्ने चीज पनि यस्तो हुँदो रहेछ भनेर अचम्म मानेर कतै बोल्न जानिनकि भनेर जिब्रो टोकिरहेकि हुन्थिन् । यस्ती अञ्जान महिलाले जे गरिरहेकि छन् आफ्नो श्रोत, साधन, क्षमता र विवेकले देखेसम्मको गरिरहेकि छन् । उनलार्इ देशविदेशबाट सहयोग आउन थालेको त भर्खर हो, त्यसभन्दा अघिपनि उनी त्यही गर्थिन् र भोलि पनि गर्लिन् जो आज गरिरहेकि छन् ।
आमाको घरमा आउन नसक्ने वृद्धाहरूकालागि छाति फराकिलो पारेर उनैको घरमा सेवा दिन मान्छे पठाउनु, त्यो पनि जाने मान्छेको राजिखुशीमा भने त्यसमा अन्यथा सोच्नुपर्ने कुनै कारण छैन । बालबालिकालार्इ पाल्न कानुनी अधिकार नलिएको भनेर उनका काखबाट बालबालिकालार्इ छिनेर पठाउनु अघि कानुनी अघिकार लिएकि अर्की दिलशोभालार्इ खडा गरेर या त सरकारले जिम्मा दिनुपर्थ्यो या त यिनै दिलशोभालार्इ निर्णय गरेर त्यो अधिकार तत्काल दिनु पर्थ्यो ।
उनलार्इ सरकारले मानार्थ यो अधिकार दिएको भए उनी अँझ हउसिन्थिन् होला र सरकारको जयगान हुन्थ्यो होला । अब प्रश्न उठ्छ दिनदाहाडै उनका काखका नानी छिनेर उद्धार गरेउँ भन्नेले आमाको घरका लागि के योगदान गरेका छन् ? जसले गरेका छन् उनप्रति त दिलशोभा सँधै कृत्यकृत्य भएको कुरा दोहोराइरहन्छिन् ।
त्यो आमाको घर थियो, पाँचतारे होटेल थिएन सर्वसुविधासम्पन्न हुनका लागि ।
उनले प्रष्ट भनेकी पनि थिइन्, 'माँ आज पानी मात्र खाएर सुतउँ है भन्थें, कहिले गुन्द्रुक पानी, चियाबिस्कुट खुवाएर सुताउँथें, सबैले सन्तोष मानेर प्रेमपूर्वक खान्थे........कैयउँ बाआमाहरू मेरा काखमा मरेका छन्, मेरो अँगालोमा शरीर तन्काएर मर्नेबेलामा मलार्इ असाध्य पीडा हुन्छ ।
अहिलेका पढेलेखेका बुद्धिजीवीहरू र माथिल्लो दर्जाका भनिने हामीहरूलार्इ घरमा चिनचानको नातागोताकै मान्छे आएर एक छाक खुवाउनु पर्यो भने हाम्रा नाक मरिच जसरी चाउरिन्छन्, भृकुटी खुम्चन्छन् भने न आमा पट्टिका न बाबुपट्टिका ती बालबालिका र वृद्ध वृद्धालार्इ दिनरात हेरचाह गर्न कति गाह्रो भएको होला, व्यवस्थापन कति असहज होला ? उनका सीमाहरूतिर ध्यान नदिएर सुविधा नदिएको, फोहोर भएको जस्ता कारणले नानीहरूलार्इ जेलबाट छुटाएजसरी भगाउँदा दिलशोभाप्रति हामी कति निर्मम भएछउँ जस्तो लाग्यो ।
कल्पना गरउँ आमाको काखमा के सुविधा हुन्छ? आमाको काखको न्यानो वात्सल्य र मातृत्वबाहेक केही सुविधा हुँदैन तर त्यो पनि लाख हुन्छ, त्यसैले त भन्छन् नि अरूको लाख आमाको काख । सबैकि आमा बनेर अँगालो लिन स्वीकार गरिसकेपछि दिलशोभाले के गर्नुपर्थ्यो । एक आमाले जे गर्नुपर्थ्यो त्यही गरिन् । श्रम, बुद्धि, सेवा जे गरेर सन्तानको पेट भरिन्छ र जीउ ढाकिन्छ त्यही गरिन् । उनीसँग ढुकुटी छैन, दिनका दिन झिक्दै बाँड्दै गर्ने तर जे गरिरहेकि छन् निःस्वार्थ गरिरहेकि छन् ।
देश विदेशबाट आएको पैसा कहाँ गयो भनेर हिसाब माग्नेलार्इ ती निरक्षरले बहीखाता पल्टाएर त के हिसाब दिन सक्लिन् ? तर लोग्नेले त्याग्दाको बेलाको जस्तै साहस उनमा फेरि आउनेछ र आफ्नै देशले त्याग्दाको जवाफ पनि उनी त्यसरि नै दिन सफल हुनेछिन् जस्तो लाग्छ किन कि अब उनी पनि यस्ता लाञ्छानाविरूद्ध पत्थर भैसकेकि छिन्....आगो खन्याए पनि ठिक पानी खन्याए पनि ठीक ।
अब रह्यो उनले गरेको भनिएको अडियो संवादको कुरा र उजुरी ।
उनी कुनै गिरोहको नाइकेजस्तो गरी प्रस्तुत गर्न खोजिएको छ । यी आइमाइ अरूबाट प्रयोग हुने मान्छे हुँदिहुन् त मिडियाले चर्चामा ल्याएदेखि आजसम्म उनी धेरै विवादित भइसक्थिन् ।
अडियो टेपमा दोश्रो व्यक्तिले गरेको संवादलार्इ किन रेकर्ड नगरेको होला ? उसको आग्रह के थियो ?
तपाइँलाई माया माया माया गर्छ भन्ने बाक्यांश कुन तरिकाबाट बुझ्दा दुराचारको परिभाषा भित्र पर्छ ?
पहिलाको बुढीको कुरा (गुनासो) नगर्नु भनेर दिलशोभाले, एउटा फुँडो पुरूषले वा कोठी सञ्चालन गर्ने बाइले भनेको अर्थ एउटै हुन्छ र?
म मान्छु, प्रतिष्ठित व्यक्तिहरू पनि विवादमा तानिन्छन् तर तिनका स्पष्ट अकाट्य प्रमाण हुन्छन् । तथापि अब अनुसन्धान त सुरू भइसकेको छ, सत्यतथ्य त बाहिर आउला नै, त्यसमा प्रभाव पार्ने खालका दशीप्रमाण या तथ्यहरू हामी दर्शकसंग छैनन् ।
अहिलेसम्म हामीलार्इ जे थाहा छ त्यही भन्ने हो । हामीलार्इ थाहा नभएका अपराधिक तथ्यहरू नै दिलशोभासँग जोडिएका होलान् भन्ने कल्पना गरिएको छैन । जबसम्म ती प्रमाणबाट दिलशोभा दोषी पुष्टि हुँदिनन् तबसम्म समाजले उनका सामाजिक कार्यमा हउसला बढाउँदै गर्नुपर्छ ।
दिलशोभाले अहिले यो हल्ला ल्याउनेहरूप्रति र उजुरी गर्ने प्रति पनि कृतघ्नभाव नदेखाउनु, आक्रोश नपोख्नु बरू आफ्नो पुरानै सरल शैलीका साथ खण्डन गरी भएको कुरा प्रष्टसंग, कुनै कुरा नबनाइ नघुमाइकन बताउनुले पनि उनको निर्दोषिता अनुमान गर्न सकिन्छ ।
फेरि पनि बाँकी कुरा अनुसन्धानकर्ताकै जिम्मामा ।
बस् म त यति मात्र भन्छुः अघि बढ दिलशोभा काग कराउँदै गर्छ पिना सुक्दैगर्छ । तिम्रो दिल यस्ता प्रपंचबाट खुम्चनु हुँदैन, तिमी खुम्चिएउ भने फेरि यो समाजमा अर्को दिलशोभाको दिल फुक्ने त छैन नै भएका पुष्पा बस्नेत र इन्दिरा रानाहरू पनि छिटै अस्ताउने छन् ।
तर यदि अहिलेको हल्ला साँचो ठहरियो भने मेरो मनमा तिम्रालागि ठाउँ रहने छैन तथापि यसलार्इ चटक्कै पञ्छाएर तिमिले गरेका राम्रा कामप्रति भने सम्मान रहिरहनेछ किनभने भगवान राम पनि लोकापवाद र विवादमा मुछिएका मर्यादापुरूष हुन्, कृष्णजी रासलिलाको अर्को नाम तर सत्यताको विजयकर्ता, शिवजी अम्मली र ७ वर्षे गोमामा कामुकता देख्ने तेस्रो नेत्रवाला नाटकी तर श्रृष्टि समालेर राख्ने देवादिदेव, अनि म तिनैको पूजा गरेर बस्ने भक्त । त्यो सत्ययुग थियो १००० गुन भित्र लुकेका १,२ वैगुन माफ हुन्थे । यो कलियुग हो यहाँ १ वैगुन १००० गुनलार्इ खरानी बनाउन काफी हुन्छ ।
कालिकाप्रसाद उपाध्याय,ब्रिस्बेन, अष्ट्रेलिया