मंगलबार राती करिव १२ बजे फेसबुकमा नोटीफीकेशन आयो माईसंसारमा प्रकाशित समाचारमा दिल शोभा दिदीको नामबाट छापिएका समाचारहरुको हरफ पढदै गए, अनायासै बिगतमा हाम्रो भेटलाई सम्झे। करिव ४ वर्ष अगाडि मेरो समाजसेवी दिलशोभालाई उनले नै सञ्चालन गरिरहेको आश्रममा पहिलो पटक भेटने मौका मिलेको थियो।
बुबाको स्वागारोहण पश्तात १३ औं दिनको पुण्य तिथीमा हामी पनि उनको आश्रममा उनै वृद्दा आमाहरुलाई केही खाना खुवाउन जानुपर्छ भनेर बुवाको काममा किरीया बसिरँहदा हामी ३ दाजुभाईले सल्लाह गरेको थियौ।
सोही अनुरुप १३ औं दिनको पुण्य तिथी पारेर म लगायत हाम्रा परिवारका केही सदस्य खाना लिएर रविभवन पुग्यौं। पशुपति क्षेत्रबाट रविभवन पुग्न हामीलाई करीव १ घन्टा नै लाग्यो ।
काठमाडौको जामले हामीलाई मात्र हैन हरेक यात्रुलाई सताईरहेको थियो । हामीलाई यो सताईसँगै वृद्धा आमाहरुलाई लगिदिएको खाना चिसो हुने डरले अझ बढी पिरोली रहेको थियो। तर, पनि हामी १ घन्टा लामो पर्खाईसँगै पुग्यौ रविभवन।
खाना लगेको मोटर सडकमा नै छाडेर मोटर साईकल पनि छिराउन धौ-धौ पर्नै सानो गल्ली छिचोल्दै हामी आमाघर पुग्यौ। त्यहाँ एउटा साईनबोर्डमा 'आमाघर' भनेर लेखिएको थियो। आमाहरुलाई लगेको खाना सडकबाटनै हात हातमा बोकेर हामी प्रबेश गर्यौं।
दिलशोभा दिदीलाई हामीले 'हामी एक साझ खाना खुवाउन सक्छौ?' भनेर एक हप्ता अगाडि नै स्वीकृती लिएका थियौ ।
साँझको खाना खान दिने भएपछि त्यस दिन उनले हाम्रो अनुरोधलाई स्वीकार्दे समय दिएकी थिईन। त्यहीँ समयलाई उनीसँगै उनै वृद्धा आमा अनि सुदूर पश्चिमबाट द्धन्द पीडीत बालबालिका हाम्रो प्रतिक्षामा बसेका थिए।
त्यस दिन उनको चुलोमा आगो बलेको थिएन। हामी पुग्यौ। खाना बाढ्ने तरखरमा हामी जुट्यौ हिडन सक्ने आमाहरु कमै थिए । बालकालिकालाई खुल्ला छतमा पाल टागेर राखिएको स्थानमा भुईमा बस्न निर्देशित गरियो। दिल शोभा दिदीलेकोमा कपडा भाडाकुडा असरल्ल जताततै छरिएको थियो।
बन्दै गरेको नयाँ घर केही कोठाहरुमात्र पूर्ण रुपमा तयार गरी तिनै बालबालिका र आमाहरु राखिएको थियो सबैभन्दा तलको कोठामा केही गर्न सक्ने सामान्य हिड्न सक्ने र बेडबाट उठ्न नसक्ने जस्ता आमाहरुलाई छुट्टा-छुट्टै राखिएको थियो ।
भुई तला त्यसमा पनि सिमेन्टको चिसो, घाम देख्ने सम्भावना कमै थियो।
त्यही बाटो भएर तला चड्नु पर्नै भएकोले पहिलो प्रवेशनै दिसापिसावको बासलिदै माथी जानुपर्ने अनि साघुँरो भर्याङ उक्लदै ३ तल्ला माथी छतमा खाना दिने ब्यवस्था मिलाएको रहेछ। हामी दिलशोभा दिदीले दिएको सल्लहा मुताबिक अगाडि बढ्यौ सबै बाल बच्चालाई आफ्नो-आफ्नो थाल दिएकी रहिछन् सबै बालबालिका आफ्नो आफ्नो थाल लिएर चिँसो भुईँमा बस्दै गए हामी खाना बढ्दै अगाडि बढ्यौं।
खासै खाने पानी सौचालय र खाना पकाउने स्थान कुनै ब्यवस्थित थिएन। खाना बाढ्दै गयौं। वृद्धा आमाहरुलाई कोठा कोठामानै खाना लिए। हामी पुग्यौ लाग्थ्यो हामी कसैलाई खाना दिन गइरहेका छैनौ हामी त कुनै सार्वजनिक सौचालय भित्र प्रवेश गर्दै छौ।
त्यस्तो गन्द थियो। तर, पनि हामीले उनै आमाहरुलाई एक छाक भए पनि मिठो खाना दिनुथियो। सायद बानी परिसकोका थिए।
उनै आमाहरु त्यो गन्दमा पनि खानसक्ने रहेछन्। हामी खाना दिन थाल्यौ । आमाहरु आँसु झार्दै आशिस दिँदै खिरका सिताहरु जबरजस्ती निल्न थाले।
कोही मृत्युको पर्खाईका कुरा गर्थै कोही छोरा-छोरीले गरेको अपहेलनाका विगत सम्झन्थे। हामी पनि केहीक्षण उनीहरुको साहारा बनेको थियौं। थोरै समय तर पनि उनीहरुको जन्म अनि आश्रममा बस्दासम्मको सबै कहानी खिरका सितासँगै सकिए हामी बाहिरियौ । समाजसेवी श्रीमानबाट अपहेलित एक नारीको यत्रो महान कार्यदेखेर जो कोही नतमस्तक बन्थे म पनि त्यहीँ बने।
खाना खान दिएर सरसफाई गरी हामी दिलशोभा दिदी सुत्ने कोठामा गयौ दिदीले त्यँही बोलाउनुभयो एक सानी बच्ची बाटोमा आमाले छाडेर गएकी रहिछिन उनलाई।
तीनै बच्चीलाई दिलशोभा दिदीले खाना खुउनलाई जबरजस्ती खेलाउँदै खाना दिँदै थिईन। खानासँगै खोकीको औषधि पनि उनै बच्चीलाई खुवाउँदै थिईन। ति सानी बच्ची त्यहीँ औषधि खान पर्नै भयो भनेर होला चिच्चाई चिच्चाई रोइरहेकी थिईन्।
एक जना १५-१६ वर्षकी युवतीलाई बोलाएर दिदीले त्यो बच्चीलाई दिँदै थप औषधि खान दिनु भन्दै हामीसँग कुराकानी अगाडि बढाउनुभयो।
सामान्य परिचयपछि उनले आफूले गरेका कार्य ति दुःखद् दिनको सम्झना छोटो समय अनी चाखलाग्दो तरिकाबाट सुनाईन त्यहीँ बिचमा सरसफाईको कुरा निकाल्नु भयो घर बन्दै छ।
भर्खरै कर्णाली पुगेर २५ जना बालबालिका ल्याएको छु। काम गर्ने सहयोगी छैन। त्यही भएर अलि फोहर छ भनेर भन्नुभयो।
यही मौकामा मैले पनि भनीहाले दिदी तपाई समाजसेवीको नामले कहलिनु भएको छ। तपाईलाई भेट्न देश विदेशका नेपालीहरु दैनिक रुपमा आईरहेको हुन्छन् । सहयोग पनि राम्रो तरिकाले संकलन भैरहेको छ । तपाईका शत्रुहरु वरीपरि घुमीरहेको होलान् त्यहीँ भएर दिदी तपाईको आमाघर भित्र पस्दा लाग्छ आमा घर नभै शौचालय भित्र पस्दै छु।
पहिलो पाईलामा नै दिसा र पिसाबको गन्दले मनलाई नै नकारात्मक बनाई दिन्छ। अलि ब्यवस्थित चाँही गर्नु पर्छ है दिदी नत्र सन्देश राम्रो जादैन भोलि यही कुराले तपाईलाई ठुलो असर गर्न सक्छ भनेको थिएँ।
आज उनलाई तिनै आरोपसँगै अन्य आरोपको ओहिरो नै लागेको छ।
त्यहीँ बेला दिलशोभा दिदीले मेरो जिज्ञासालाई स्वीकार्दै भनेकी पनि थिईन्, 'भाई चाडै यसको ब्यवस्था मिलाईहाल्छु।' तर दिदीले दिएको त्यो बचन ४ वर्षसम्म आईपुग्दा पनि अगाडी बढेको रहेनछ।
आज कानुनी फन्दामा परि उनै दिदी सरसफाई त आफ्नो ठाउँमा होला तर यौन दुराचारको आरोप सत्य भएर सार्वजनिक भए दिलशोभा दिदीले लाखौ-लाख शुभचिन्तकको छातीमा लातसँगै समाजसेवा गर्छु भनेर अगाडि बढ्ने सहयोगीमनलाई समेत ठूलो असर गर्ने छ। अब दिल शोभा दिदी सबैको दिलको दिदी बन्न सञ्चार माध्यमबाट सार्वजनिक भएका सबै आरोपसँग सामना गर्दे हरेक कुरा पारर्सी तबरबाट अगाडि ल्याइनु पर्छ।
इजरायलबाट