नेपाल आर्मी र एपिएफ क्लब पुरूष भलिबलको फाइनलमा


नेपाल आर्मी र एपिएफ क्लब पोखरामा जारी राखेप च्याम्पियनसीप अन्तर्गत ३१ औं पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन्। नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई र एपिएफले आयोजक पश्चिमाञ्चललाई हराउँदै फाइनमा प्रबेश गरेका हुन्।

आर्मीले संघर्षपूर्ण खेलमा नेपाल पुलिसलाई ३–२ को सेटमा हरायो। आर्मीले २५– २३, १९–२५, २५–२३, १९–२५ र १६—१४ को सेटमा हरायो।

शुक्रबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो।

एपिएफले २५–१६, २५–२१ र २५–२३ अंक बटुल्दै पश्चिमाञ्चलाई हरायो। तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन्।

त्यसै गरि २१ औं महिला राष्ट्रिय भलिवल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रबेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउँदै एपिएफ फाइनलमा प्रबेश गरेको हो।

एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा जितेको हो । जितसँग एपिएफ फाइनलमा प्रबेश गरेको छ। शुक्रबार नै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मध्यमाञ्चलले एपिएफ सगँको भेट पक्का गरेको छ ।

न्यूडामण्डका खेलाडीको सेट टिम नै मध्यमाञ्चबाट मैदानमा उत्रिदा नेपाली पुलिस क्लबले ३–१ को सेटमा पराजित भयो।

नेपाल पुलिस क्लबले पहिलो सेट जिते पनि त्यस पछिका सबै तीन खेल नै मध्येमाञ्चले जितेको थियो। मध्यमाञ्चलले २२– २५, २५–२०, २७–२५ र २५–१३ ले हरायो।

तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लब बिच खेल हुनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.