संविधान दिवसको उपलक्ष्यमा हिमालयन चेस एकेडेमीलेसंविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप आयोजना गरेको छ। प्रतियोगितामा ४९ खेलाडी सहभागी थिए। प्रतियोगिता यू-७, यू-९, यू-११ र यू-१३ विभिन्न उमेर समूहहरूमा आयोजित गरिएको थियो।
यु–७ महिलातर्फ रुब्रेश्री चौलागाईं विजयी भइन्, दोस्रोमा आहाना शाह र तेस्रो स्थानमा शुभानी पण्डित भएकी छन्।
गर्ल्स यू-९ मा अग्रता आचार्यले प्रभावशाली ५ अंकका साथ मैदानमा वर्चस्व कायम गरिन्। अमिषा कोइराला ४ अङ्कका साथ दोस्रो र प्रियंशा प्रधान ३ अंकसहित शीर्ष तीनमा रहिन्।
गल्र्स यू–११ विधामा निहाना श्रेष्ठ २ अंकसहित प्रथम, नयुमा मगर दोस्रो र डोमा तामाङ तेस्रो भए।
यु–१३ गल्र्स डिभिजनमा एन्जल महर्जनले उपाधि जितिन् भने क्रिष्टि रिजाल उपविजेता भइन्।
ब्वाइजको यू–७ समूहमा रातो बंगला स्कुलका शुभाङ्ग प्रधान र साङ्ग्रिला पब्लिक स्कुलका सयश बस्नेत दुवैले साढे चार अंक जोडे। तर, टाइब्रेकर नियमका कारण शुभांग विजयी भए। अवन महर्जन ३ अंकसहित तेस्रो भए।
ब्वाइज यू–९ तर्फ प्रकृति बाटिका स्कुलका शौमिल चित्रकारले ४ अंकका साथ अग्रता बनाएका थिए भने एल्विक अधिकारीले पनि ४ अंक बनाए पनि टाइब्रेकको आधारमा दोस्रो स्थानमा रहे। उत्कर्ष गिरी साढे ३ अंकका साथ तेस्रो भए।
प्रसित खनालले केटाको यू–११ मा उत्कृष्ट प्रदर्शन गर्दै ५ अंकका साथ उत्कृष्ट प्रदर्शन गरे। सात्विकमान तुलाधर ४ अंकका साथ दोस्रो स्थानमा रहे भने लियोन महर्जनले पनि ४ अंक जोडेर तेस्रो स्थानमा रहे।
ब्वाइज यू–१३ मा उपाधि प्रविर केसीले जितेका छन्। निश्चल रिमाल र तपस तामाङ दुवैले साढे तीन अंक जोडे भने निश्चलले टाइब्रेकबाट दोस्रो स्थान हासिल गरे।
प्रत्येक विधाका उत्कृष्ट तीन विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अनिमा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खाम्बुले मेडल, इ–प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।