१२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८० को पुरुष एकलतर्फको खेलमा प्रदिप खड्काले जितेका छन्।
शुक्रबार भएको उपाधि भिडन्तमा उनले रितिक रानालाई ६–४, ३–६ र ६–० ले हराए।
महिला एकलतर्फको उपाधि अभिलासा विष्टले जितिन्। उनले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरिन्।
त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलासा विष्टको जोडिले प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६ र १०–६ ले पराजित गर्दै उपाधी जिते।
३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले हराए।
३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन्।
४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमल बहादुर भण्डारी र उत्तम शेर्पाको जोडिले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडिलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन्।
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ बिमल वाईबा र हिमाल शाहको जोडिले कमल थापा र छम्बा ढुण्डुपको जोडिलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन्।
६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले बिक्रम गुरुङ्ग र चन्द्र बहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन्।
११ वटा इभेन्ट्समा कुल १ सय ६२ जना सहभागी रहेको प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लवको आयोजना भएको प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरे।