थाइल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी ताैल समूहका नेपाली बक्सर इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन्।
प्रिक्वार्टरफाइनलअन्तर्गत ५७ केजी ताैल समूहमा नेपाली बक्सर इन्द्रले लाओसका खेलाडी साेक्साखुनलाई ५-० अंककाे आधारमा जित हासिल गरेका हुन्।
याे जितसँगगै सुनार अन्तिम आठमा पुगेका सुनारले अब मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन्।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा पुगिसकेका छन्।
उनीहरुले क्रमश: इन्डोनेसियाका माेसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन्।
प्रतियोगिताम भोलि ४८ केजी ताैल समूहमा सुष्मा तामाङले भियतनामकी क्यूनहानसँग र ५७ केजी ताैल समूहमा हेमा राईले सिंगापुरकी चाैउजीमिन बेर्नेससँग क्वाटरफाइनल खेल खेल्नेछन्।
४८ केजी ताैल समूहमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० मा क्वाटरफाइनल खेल खेल्नेछन्।