तीन लाख बढी दर्शकले हेर्ने माईपश्चिम झापाको लोकप्रिय सताक्षी गोल्डकपको तेश्रो संस्करणका लागि आयोजकले तयारी शुरु गरेको छ।
एन्फाले फागुन पहिलो साताको खेल तालिका सार्वजनिक गरेपछि आयोजक सतासीधाम स्पोर्टिङ् क्लबले तयारी शुरु गरेको हो।
माई पश्चिम झापाको ठुलो धनराशीको सताक्षी गोल्डकप झापा सहित पुर्वका इलाम, पाँचथर, मोरङ्ग र सुनसरीका दर्शकले हेरेर मजा लिने गरेका छन।
शिवसताक्षी नगरपालिका ११ झिलझिले स्थित गणेशमान सिंह प्राविधिक शिक्षालयको खेलमैदानमा यो सताक्षी गोल्डकप हुने गरेको छ।
आयोजकले पहिलो र दोश्रो संस्करणको भव्य सफलता पाएपछि तेश्रो संस्करणको तयारीमा आयोजक जुटेको हो।
तेश्रो संस्करणको तयारीका लागि आयोजकले पहिलो चरणमा मैदान सम्याउने, झार काट्ने र घेरावरा गर्ने काम शुरु गरेको छ।
आयोजकलाई तेश्रो संस्करणको तयारीका लागि स्थानीय झिलझिले भेट्रानले सहयोग गरेको छ। बिहीबारदेखि झिलझिले भेट्रानले घेराबार, मैदान चिस्याउने र सम्याउने लगायतका काम गरिरहेको सतासीधाम स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष फुर्वा तामाङ्गले बताए। अठार खेलाडी तेश्रो संस्करणको तयारीका लागि जुटेको भेट्रानका उपाध्यक्ष प्रदिप कार्कीले बताएका छन्।
आयोजकले १० हजार दर्शक वस्न सक्ने अस्थायी वेम्बो प्यारापिट मैदानको चारै दिशामा निर्माण गर्ने छ भने, आकर्षक डिजाईनको स्टेज निर्माणको तयारी पनी शुरु गरेको छ।
आयोजकका अनुसार पुर्वपश्चिम राजमार्गमा प्रतियोगिताका अतिथि, खेलाडी तथा दर्शकको स्वागतद्धार निर्माण हुने छ।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले आवस्यक विषयगत उपसमिति गठन यसै सातामा गर्ने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए।
सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लव र दोश्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेको थियो।
आयोजकले खेलमा सहभागी हुने नेपालका ए डिभीजनका टिम र लागत अनुमानित आम्दानी, खर्चको विवरण पत्रकार सम्मेलन गरेर माघ पहिलो सातामा सार्वजनिक गर्ने बताएको छ।
मुख्य प्रायोजक खोज्दै आयोजक
सताक्षी गोल्डकप पहिलो र दोश्रो संस्करणको स्पोन्सर गोर्खा ब्रुअरी प्रालिको टुवोर्ग बियरले गरेको थियो।
तेश्रो संस्करणका लागि आयोजकले कर्पोरेट कम्पनीसँग लविङ्ग सुरु गरेको छ।
आयोजकले प्रतियोगिताको टाइटल दिने गरी स्पोन्सर खोजिरहेको हो।
आयोजक समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार १ नम्बर प्रदेशका झापा, मोरङ, ईलाम, पाँचथर, मोरङ्ग र सुनसरी लगायत सिमावर्ती भारतका पश्चिम बंगाल र बिहारका फुटबल फ्यानले सताक्षी गोल्डकप हेर्ने गरेका छन।