अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
मेसीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।
मेस्सीको यो विश्वकपमा २६ औं खेल हो ।
कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै मेसीले उनको कीर्तिमान भङ्ग गरेका हुन्।
यस्तै मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्।
विश्वकपमा इटालियन पूर्व डिफेन्डर पाओलो माल्दिनीको विश्वकपमा २,२१६ मिनेटको खेललाई उनले उछिनेका हुन्।
३५ वर्षीय मेसी विश्वकपको हरेक राउण्डमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।
कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि मेसीले २३ औं मिनेटमा गोल गर्दै हरेक राउण्डमा गोल गर्न सफल भएका हुन्।