कतारा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनल खेलअघि बलिउड नायिका दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोकेका छन।
फाइनलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रूपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ।
दीपिका फिफाको पार्टनर लुइस भूतोंको प्रतिनिधिका रुपमा ट्रफी बोकेकी हुन्।
कासिलास सन् २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका कप्तान थिए । यसअघि उद्घाटन समारोहमा फ्रान्सका मार्से डेजाइलीले ट्रफी मैदानमा ल्याएका थिए ।


