फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डले बराबरी खेलेका छन्।
मंगलबार राति सकिएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा पोल्यान्डका लेवान्डोवस्कीको पेनाल्टीलाई मेक्सिकोका गोलकिपरले विफल पारेका थिए।
यसअघि यो समूहको खेलमा अर्जेन्टिनालाई साउदी अरेबियाले स्तब्ध पारेको थियो।
मंगलबार नै भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो।