ज्याफ हर्सट इंग्लयाण्डको खेलकुदमा आइकन व्यक्तित्व हुन्। उनी क्रिकेट र फुटबल दुबैमा अब्बल खेलाडी हुन्।
क्रिकेटमा ज्याफ राम्रा फिल्डर थिए। उनले सन् १९६२ मा काउन्टी च्याम्पियनसिपका लागि क्रिकेट खेलेका थिए। यो प्रतियोगिता इंगल्याण्ड तथा वेल्सको क्रिकेट बोर्डले आयोजना गर्छ। त्यहाँ उनले राम्रो विकेट किपिङ गरेका थिए।
सन् १९६६ मा उनले इंगल्याण्डबाट फुटबलको विश्वक खेल्ने मौका पाए। त्यस वर्षको फाइनलमा उनले राखेको रेकर्ड हालसम्म पनि कसैले तोड्न सकेको छैन।
सन् १९६६ मा विश्वकप खेल्नुअघि केही अन्तर्राष्ट्रिय खेलमा ज्याफ इंग्लाण्डबाट डेब्यु गरिसकेका थिए। फुटबलमा पनि अब्बल उनले विश्वकपका खेलमा राम्रो प्रदर्शन मात्रै गरेनन्।
आफ्नो नाममा रेकर्ड बनाए। ज्याफको नाममा विश्वकपको फाइनल खेलमा ह्याट्रिक गरेको रेकर्ड छ। विश्वकपको फाइनल खेलमा ह्याट्रिक गर्ने उनी एक मात्रै खेलाडी हुन्। उपाधी चुम्नका लागि पश्चिम जर्मनीसँग भएको खेलमा उनले ह्याट्रिक गरेका थिए।
रोचक कुरा के छ भने फाइनल खेलमा चम्किएका उनी क्वाटर फाइनल अघि बेञ्चमा थिए। त्यसबेलाका स्टार खेलाडी जिमी ग्रीभ्सलाई चोट लागेपछि ज्याफले क्वाटरफाइलनबाट मैदानमा आउने मौका पाए। सेमि फाइनलमा इंग्लाण्डले पोर्चुगलका विरूद्ध २ गोल गर्दा ज्याफले व्यक्तिगत १ गोल गरेभने अर्को गोल उनकै सहयोगमा भएको थियो।
सेमिफाइनल चरणको खेल सकिँदा ग्रिभ्स स्वस्थ थिए। तर व्यवस्थापकले ग्रिभ्सलाई बेञ्चमै राख र ज्याफलाई मैदानमै निरन्तरता दिने निर्णय लिए। उत्कृष्ट प्रदर्शनमार्फत व्यवस्थापकको निर्णय सही रहेको ज्याफले प्रमाणित गरिदिए।
सन् १९५८ मा ज्याफले, १५ वर्षको उमेरमै वेस्ट ह्याम क्लबबाट मिडफिल्डरका रूपमा डेब्यु गरेका थिए। उनी सन् १९६१ मा मात्रै पहिलो गोल गर्न सफल भए। सन् १९६४ मा क्लबलाई फुटबल एशोसियसन च्यालेन्ज कप दिलाउन सफल भए। यस्तै सन् १९६५ मा इंगल्याण्डलाई युरोपियन कप समेत दिलाए।
सन् १९६५ देखि ६६ यताका खेलमा ज्याफले ४० गोल गरेका थिए। ज्याफले लामो दुरीबाट गर्ने प्रहार, बललाई पकडमा राख्ने क्षमता र आक्रामक कौशलका कारण सबैलाई लोभ्याइरहेका थिए। उनलाई क्लबाट जान नदिन रोन ग्रीनवडले ६ वर्षको सम्झौता गरे। त्यसबेलासम्म ज्याफले १४ खेलबाट क्लबका लागि २२ गोल गरिसकेका थिए। उनको प्रदर्शनबाट लोभिएका म्यानचेस्टर युनाइटेडका व्यवस्थापक म्याट बब्बीले २ लाख पाउण्ड तिरेर लान तयार भएको प्रस्ताव गरे। ग्रीनवुडले उनको प्रस्तावलाई ठाडै नकारे।
सन् १९७२ सम्म उनी क्लब तथा राष्ट्रका पहिलो छनौटमा उनै पर्थे। वेस्ट ह्यामका लागि ४९९ खेलबाट २४८ गोल गरेका ज्याफलाई पछि स्टोक सिटीले खरिद गर्यो। त्यहाँ पनि उनी लयमै थिए।
सन् १९७६ देखि ज्याफले खेलबाट अवकाश लिएका थिए। सन् १९६६ मा वेम्बली स्टेडियममा भएको विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई इंग्ल्याण्डले ४-२ ले स्तब्ध बनाउँदा ज्याफलेनै ह्याट्रिक गरेका थिए। उनीपछि कसैले पनि विश्वकपको फाइनलमा ह्याट्रिक गर्न सकेका छैनन्।