सिद्धार्थ बैंक नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आज विजयी हुने टोली फाइनलमा पुग्नेछ।
विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ।
सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो।
फाइनल खेल यही मंसिर २७ गते शनिबार हुनेछ।