टाइगर उड र उनकाे परिवारले अमेरिकामा भेटे मेसीलाई


अमेरिकी गल्फ स्टार टाइगर उडले फ्लोरिडाको मियामीमा विश्व फुटबलका सुपरस्टार अर्जेन्टिनाका लिओनल मेसीसँग भेट गरेका छन्। अमेरिकामा अन्तर्राष्ट्रिय च्याम्पियन्स कप खेल्न गएको बार्सिलोनाको टोलीमा मेसी पनि संलग्न थिए। बार्सिलोनाले आइतबार अन्तिम खेलमा रियल म्याड्रिडलाई ३–२ गोलले पराजित गरेको थियो। जसमा मेसीले ३ मिनेटमा पहिलो गोल गरेका थिए।

खेल सकिएपछि मेसी र लुइस सुआरेजलाई टाइगर उडले र‌गशालाकाे एउटा काेठामा  राती भेटेका थिए। मेसी र सुअारेजसँग उडले भेट्दा उनकाे छाेराछाेरीका साथै उनीहरुकाे साथीहरु पनि थिए। उडका केटाकेटी मेसीका ठूला फ्यान हुन्। उडकाे परिवार नै बार्सिलाेनाकाे जर्सि लगाएर फुटबल हेर्न हार्ड रक र‌गशाला पुगेका  थिए।

४१ वर्षीय उड केही महिना अगाडी ड्रग्स सेवन गरेर नियमभन्दा छिटो गाडी चलाएको आरोपमा समातिएका थिए। त्यसयता उनी सुधारगृहमा छन्। उनी सुधार कार्यक्रमअन्तर्गत सुधारगृहमा रहेका कारण खेलमा फर्किन पाएका छैनन्।

सुआरेजले उडसँग खिचेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘भ्रमणको अन्त्य जितबाट र महान खेलाडीसँग अविस्मरणीय फोटो!’
उडले मेसी र सुआरेजसहित आफ्ना केटाकेटी र उनीहरुको साथीसँग खिचेको फोटो पोस्ट गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.