राष्ट्रिय लिग २०८२ अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलमा चित्लाङले अग्रता लिएको थियो। ४१ मिनेटमा बाबाटुन्डेको गोलबाट चित्लाङले खेलमा अग्रता लियो।
जिततर्फ अघि बढेको चित्लाङले खेल सकिन तीन मिनेट बाँकी छदा आत्मघाती गोल खान बाध्यो।
अघिल्लो खेलमा प्लानिङ ब्वाइजसँग पराजित भएको पुलिसले सुरुवाती दुई खेलमा जित निकाल्न असफल रह्यो।
यसअघि चित्लाङले पहिलो खेलमा नव जनजागृति युवा क्लबलाई हराएको थियो।