फिफा सिरिज २०२६ को आयोजक र समूहहरूको घोषणा भएको छ। यो पुरुष र महिला राष्ट्रिय टिमहरूका लागि अन्तर्राष्ट्रिय विन्डोमा प्रतिस्पर्धा बढाउनका लागि फिफाको महत्वपूर्ण कदम हो।
सिरिजमा नेपालको महिला राष्ट्रिय टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। नेपालको महिला टोलीले आयोजक थाइल्यान्ड, कंगो डिआर र ओसेनियाको टोलीसँग खेल्नेछ। तीन टोलीसँग नेपालले मार्च र अप्रिलको अन्तर्राष्ट्रिय विन्डोमा प्रतिस्पर्धा गर्नेछ।
नोभेम्बर २०२५ मा विस्तारित ढाँचा घोषणा भएसँगै फिफा सिरिज २०२६ मा ४८ राष्ट्रिय टिमहरूले मार्च र अप्रिलको अन्तर्राष्ट्रिय खेल विन्डोमा १२ समूहमा (प्रत्येकमा ४ टिम) प्रतिस्पर्धा गर्नेछन्।
यी ४८ टिमहरू फिफाका २११ सदस्य राष्ट्र संघहरूको करिब २५% हुन्, जसले विश्व फुटबलको ठूलो हिस्सालाई समेट्छ।कु ल ११ फिफा सदस्य राष्ट्र संघहरूले यो सिरिज आयोजना गर्नेछन्।
यसमा ९ पुरुष समूह र ३ महिला समूह छन्। सबै ६ फिफा कन्फेडरेसन (महादेशीय संघ) बाट टिमहरू सहभागी छन्।
पूरुष समूहका आयोजकमा अस्ट्रेलिया, अजरबैजान, इन्डोनेसिया, काजाकिस्तान, न्युजिल्यान्ड, प्युटो रिको, र्वान्डा र उज्बेकिस्तान छन्। महिला आयोजकमा ब्राजिल, आइभोरी कोस्ट र थाइल्याण्डमा हुनेछन्।
फिफा सिरिज २०२६ का सबै खेलहरू विश्वव्यापी रूपमा प्रसारण हुनेछन्, जसले सहभागी टिमहरूलाई धेरै दर्शकसम्म पुग्न मद्दत गर्छ।