मोरोक्कोले बिहीबार साँझ दोहामा जोर्डनलाई ३–२ ले हराउँदै फिफा अरब कप उपाधि जितेको छ।
तीन वर्षअघि लुसेल रंगशालामा अर्जेन्टिना र फ्रान्सबीच भएको ऐतिहासिक फिफा विश्वकप कतार २०२२ फाइनलको वार्षिकोत्सवकै दिन फाइनल भएको थियो।
फाइनलसम्मको यात्रामा मात्र एक गोल खाएको मोरक्को फाइनलमा पनि सफल भयो।
जोर्डन अर्को वर्ष पहिलो पटक फिफा विश्वकपमा सहभागी हुँदैछ र फाइनल अघिका पाँच खेलमा १० गोल गर्दै गोलस्कोरिङमा उत्कृष्ट फर्ममा थियो।
अफ्रिकी शक्ति मोरोक्कोले खेलको चौथो मिनेटभित्रै ओसामा तन्नानेले मैदानको आधा भागबाट प्रहार गरेको अविश्वसनीय लामो दूरीको गोलले अग्रता लिएको थियो।
तर त्यसपछि जोर्डनले अली ओलवानको दुई गोल गर्दै अग्रता लियो। खेल सकिन दुई मिनेट बाँकी छदा हमेद अल्लाले बराबरी गोल गरे। त्यसपछि थप समयमा धकेलिएको खेलमा उनै हमेदले १००औं मिनेटमा गोल गरेर मोरक्कोलाई अग्रता दिलाउ।
यो उपाधि कतारमा मोरोक्कोको अर्को उत्कृष्ट प्रदर्शन हो। सन् २०२२ मा मोरक्को अफ्रिकी राष्ट्रको रूपमा पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने इतिहास रचेको थियो।
फिफा अरब कप कतार २०२५ को फाइनल चरणमा अरब विश्वका अफ्रिका र एसियाका १६ टोलीहरू सहभागी थिए।
खेलहरू फिफा विश्वकप कतार २०२२ मा प्रयोग भएका छवटा रंगशालामा आयोजना गरिएका थिए।