स्पेनिस ला लिगा अन्तर्गत गएरातीको खेलमा रियल म्याड्रिडले हार बेहोरेको छ।
अंक तालिकाको दशौं स्थानमा रहेको मालोर्कासँग १-० गोल अन्तरमा पराजित हुँदै रियल स्तब्ध भएको हो।
खेलको १३ औं मिनेटमा घरेलु टोली मालोर्काले अग्रता लियो।
दोस्रो हाफमा रियलले खेलमा फर्कने सुवर्ण अवसर पाएको थियो । गोलरक्षक पेद्राग राकोभिचले भिनीसियसलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रियलले पेनाल्टीको अवसर पायो । तर मार्को एसेन्सियोले पेनाल्टीमा गोल गर्न सकेनन्। गोलरक्षक राकोभिचले एसेन्सियोको प्रहार विफल पारे।
सन् २०१९ पछि मालोर्काले रियललाई पहिलो पटक हराएको हो।
यस हारसँगै दोस्रो स्थानमा कायमै रहेको रियलले बार्सिलोनासँग अंक दुरी छोट्याउँने मौका गुमायो। शीर्ष स्थानको बार्सलोना ८ अंकले अघि छ।
समान खेलबाट बार्सिलोनाले ५३ अंक जोडेको छ।