ब्राजिलमा एउटै फुटबल खेलमा रेफ्रीले १० वटा रातो कार्ड र ८ वटा पहेलो कार्ड देखाएका छन्।
ब्राजिलको बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताकामा बाहिया र भिटोरिया क्लबबीचको खेलमा रेफ्रिले कार्डको वर्षा गरेका हुन्। १० वटा रातो कार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका छन्।
खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोल गरेपछि खेलमा तनाव सुरू भएको थियो।
तनावले उग्र रूप लिएपछि मैदानमा दुबै खेलाडी एक आफसमा मुक्का बर्साउन थाले।
त्यसपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड देखाए। अझै झगडा सान्त नभएपछि थप दुई खेलाडीले रातो कार्ड दिँदै रेफ्रिले खेल स्थगित गरेका थिए। खेलका क्रममा दुवै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए।