अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजले क्लब छाड्ने संकेत गरेकाे बताएका छन्। आफ्नो लागि उपयुक्त प्रस्ताव र क्लबमा स्थान पक्का भए सान्चेजले यसै जनवरीमा आर्सनल छाड्ने मनसाय बनाएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार सान्चेजको अबको गन्तब भनेको म्यानचेस्टर सिटी रहेको छ। सान्चेज भित्र्याउन पुर्व क्लब सिटी पनि इच्छुक रहेको रहेको छ। सिटी र सान्चेजको क्लब सरुवाबारे छलफल भईरहेको समेत बताइएको छ।
यस्तै म्यानचेस्टर सिटीले समेत उनलाई २५ मिलियन पाउण्डको अफर गरेको समाचारमा उल्लेख छ। तर, आर्सनल भने उनको स्थानमा अन्य खेलाडी क्लबमा भित्राएर मात्र सान्चेजलाई बेच्न चाहन्छ । सान्चेजले क्लब छाड्ने मनसाय गरेपछि आर्सनलले बोर्डूअक्सका २० बर्षीय फरवार्ड मालकोमलाई अनुबन्धनको तयारी गरिरहेको छ । यो सिजन आर्सनल मोनाकोका मिडफिल्डर थोमस लेमर भित्राउन भने असफल भएका छन्।
चिलीका २९ वर्षीय फरवाड सान्चेज सन् २०१४ मा बार्सिलोनाबाट आर्सनल आएका थिए। उनले प्रिमियर लिगमा यो सिजनको २१ खेलमा ८ गोल गरिसकेका छन्।