क्रिष्टल प्यालेसलाई हराउँदै ब्राइटन एफए कपको चौथो चरणमा

फाेटाे: एएफपि


 ब्राइटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २ – १  ले पराजित गर्दै ब्राइटनले चौथो चरणमा प्रवेश गरेको हो।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई जित दिलाउन डेल स्टेफेन र ग्लेन मुर्रेले एक–एक गोल गरेका थिए। यता क्रिष्टलका बाकरी साकोले दोस्रो हाफमा एक गोल फर्काए।

खेलको २५ औं मिनेटमा डेल स्टेफेनको गोलबाट ब्राइटनले सुरुवाती अग्रता बनायो। दोस्रो हाफमा खेलमा फर्किएको क्रिष्टलको लागि साकोले ६९ औं मिनेटमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। खेलको ८७ औं मिनेटमा मुर्रेले गोल गर्दै ब्राइटनलाई २ – १ को जित दिलाए।

मुर्रेले गोल विवादित  बनेकाे थियाे। उनले गोल गर्ने क्रममा बल हातले छोएका थिए तर रेफ्रीले ट्टयसलाई मान्यता दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.