मेसी, पाउलिन्हो र स्वारेजको गोलमा बार्सिलोनाको सहज जित


मेसी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले लेभान्टेमाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३ – ० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी, लुइस स्वारेज र पाउलिन्होले गोल गरे।

लेभान्टेबिरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलको १२औं मिनेटमा मेसीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

खेलको ३८ औं मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २ – ० ले अघि रह्यो । खेलको ९० औं मिनेटमा पाउलिन्होले थप एक गोल गरेपछि बार्सिलोनाले ३ – ० को सहज जित निकाल्यो ।

आइतबारको गोलसँगै मेसीले यो सिजनमा १६ औं गोल गरेका छन्। उनले बार्सिलोनाका लागि ४ सय खेलबाट ३६५ गोल पुरा गरेका छन्।

गएरातिको जितसँगै बार्सिलोनाले लिगमा ९ अंकको अग्रता कायम गरेको छ। शीर्ष स्थानको बार्सिलोनाले १८ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३९ अंक छ । यस्तै तेस्रो स्थानमा रहेकोझ भ्यालेन्सियाको १८ खेलबाट ३७ अंक छ। एक खेल कम खेलेको रियल मड्रिड ३२ अंकसहित तालिकाको चौथो स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.